coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हचुवामा पर्यटन गन्तव्य छनोट

जुम्ला - नेपाल भ्रमण वर्ष २०२० का लागि कर्णाली प्रदेश सरकारले हचुवाको भरमा पर्यटकीय गन्तव्यहरू छनोट गरेको भन्दै जुम्लाबासीले आक्रोश व्यक्त गरेका छन्। उनीहरूले छनोट भएका पर्यटकीय गन्तव्य एकिन नभएको र महŒवपूर्ण पर्यटकीय गन्तव्य छुटेको बताएका हुन्। कर्णाली सरकारले जुम्लाको सिँजा उपत्यका, गुठीचौर, पातारासी र चन्दननाथ पर्यटकीय गन्तव्य छनोट गरेको हो। तर सिँजा उपत्यकामा हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिका पर्छन्। तीन स्थानीय तहका कुन–कुन पर्यटकीयस्थललाई पर्यटन गन्तव्य मानिएको हो ? स्पष्ट खुल्न सकेको छैन। प्रदेश सरकारको पर्यटकीय गन्तव्य छनोटले यहाँका समेटिनुपर्ने पर्यटन क्षेत्र अन्योलमा परेको स्थानीय बताउँछन्।

यस्तै गुठीचौर गाउँपालिकाको गुठीचौरलाई पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको छ। पातारासी गाउँपालिकामा विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमचौर जिउलो छ। पातारासीभन्दा पातारासी हिमाललाई मात्र भनिएको हो कि भन्ने शंका उब्जिएको छ। कर्णाली प्रदेश छनोट गर्दा स्थान विशेषकोा नाम छनोट नभएकाले अन्योलग्रस्त देखिएको पर्यटन व्यवसायी बताउँछन्।

विश्वको सबैभन्दा उच्च स्थानमा धान फल्ने छुमा जुम्लाको तातोपानी प्रदेश सरकारले छनोट गरेको पर्यटन गन्तव्यभित्र पर्न नसकेको भन्दै सर्वत्र आक्रोश पोखिएको छ। सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म प्रदेश सरकारको सूची आलोचित बनेको छ।

यता जुम्लाको तातोपानी पनि प्रदेश सरकारले छनोट गरेको पर्यटन गन्तव्यभित्र पर्न नसकेको भन्दै सर्वत्र आक्रोश पोखिएको छ। सामाजिक सञ्जालदेखि चिया चौतारीसम्म प्रदेश सरकारको सूची आलोचित बनेको छ। तातोपानीका स्थानीय हरिबहादुर रावलले पर्यटक आकर्षण गर्ने तातोपानी नै पर्यटन गन्तव्यभित्र पर्न नसकेकोप्रति दुखेसो पोखे। ‘कर्णाली प्रदेशको एक महŒवपूर्ण पर्यटकीय गन्तव्य जुम्लाको तातोपानी हो, जहाँ दिनमा सयौं मानिस नुहाउन र अवलोकन गर्न आउँछन्। तर योा प्रदेश सरकारको पर्यटन गन्तव्यभित्र उल्लेख छैन। यसले पर्यटन गन्तव्य छनोटको आधार प्रभावकारी छैन भन्ने प्रष्ट हुन्छ,’ रावलले भने, ‘जहाँ पर्यटकको आवतजावत नै छैैन। त्यो क्षेत्र कसरी पर्यटन गन्तव्यभित्र पर्न सक्छ ?’

पर्यटन गन्तव्य छनोट गर्ने प्रदेश सरकारको निर्णय निकै विभेदपूर्ण भएको, हचुवाको भरमा गन्तव्य छनोट गरिएको जुम्लीको आरोप छ। यो यथार्थमा नपुगी गरेको निर्णयले कर्णालीको पर्यटन क्षेत्रलाई धरासयी बनाउने जुम्लाका गुरु चौलागाईको धारणा छ। ‘अझै पनि कर्णालीको योजना कोर्ने काठमाडौंको कोठे प्रवृत्ति कायमै छ,’ उनले भने, ‘व्यक्ति फेरिए पनि प्रवृत्तिमा परिवर्तन नआउनु विडम्बना हो।’

तातोपानीसँगै जोडिएको लछाल कीर्ति पैकेलो र मार्सी धानको जननी गुरुफोक्टो हो। मार्सीधानको तहल्का यति चाँडै कसरी बिर्से होलान्। तातोपानीमा नुहाउँदा हड्डी र छालासम्बन्धीको रोग निको हुने विश्वास छ। यो धारामा नुहाउन कर्णाली प्रदेश, पाँच नम्बर प्रदेश र सुदूरपश्चिम प्रदेशसम्मका मानिसहरू जान्छन्। पछिल्लो समयमा सरकारका मन्त्री, विभाग प्रमुख, सुरक्षा अधिकारीसमेत तातोपानी नुहाएर फर्किएका छन्। तर प्रदेश सरकारले यो ठाउँलाई पर्यटकीय गन्तव्य मानेको छैन।

नेपाल भ्रमण वर्ष सन् २०२० का लागि कर्णालीका ४० पर्यटकीय गन्तव्य छनोटमा परेका छन्। छनोटमा परेका कर्णालीका ४० पर्यटकीय स्थलमध्ये २० स्थानलाई अन्तर्राष्ट्रिय र २० स्थानलाई राष्ट्रिय रूपमा चिनाउने सरकारको लक्ष्य छ। कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रदेशका महŒवपूर्ण पर्यटकीयस्थललाई अन्तर्राष्ट्रिय महŒवको पर्यटकीय गन्तव्यका रूपमा छनोट गरिएको बताउँछन्। ‘कर्णालीका १० वटै जिल्लाका पर्यटकीय स्थानको सूचीकरण गरिएको छ,’ उनले भने,’ हरेक पर्यटकीयस्थललाई व्यवस्थित बनाएर पर्यटकको आकर्षण बढाइनेछ।’

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन गठित कर्णाली प्रादेशिक पर्यटन प्रवद्र्धन समितिको बैठकले पर्यटन गन्तव्य छनोट गरेको हो। कर्णाली प्रादेशिक पर्यटन प्रवद्र्धन समितिमा राजु कार्कीको संयोजकत्वमा दिलबहादुर महत, देवराज जैसी, देवीकृष्ण रोकाया सदस्य र धीरेन्द्रकुकार प्रधान सचिव छन्। प्रत्येक जिल्लामा पुगेर पर्यटन गन्तव्यका बारेमा बृहत् बहस गरेर छनोट गरेको भए निकै उपलब्धिपूर्ण हुने स्थानीय बताउँछन्। यो सूची भनसुनको आधारमा टेबुलमै छानिएकोले पर्यटन गन्तव्य छनोटमा न्याय हुन नसकेको पर्यटन व्यवसायीको आरोप छ।

प्रकाशित: २६ श्रावण २०७६ ०२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App