२४ जेष्ठ २०७७ शनिबार
समाज

प्रधानमन्त्रीलाई अवहेलना मुद्दा, फैसलाको फाइल साथै राख्न आदेश

काठमाडौ- फेवाताल अतिक्रमणको मुद्दा फैसला भएको एक वर्ष भन्दा बढी वितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली, सम्बन्धित मन्त्री र विभागीय प्रमुखहरुविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा परेको छ।  

अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव  लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई विपक्षी बनाएर अवहेलना साउन १६ गते  मुद्दा दायर गरेका हुन्।

सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई कामको जिम्मेवारी तोके पनि त्यसको कार्यान्वनको लागि ढिलासुस्ती भइरहेको समयमा अवलेहनाको मुद्दा परेको हो। अवहेलना मुद्दाको पहिलो सुनुवाई मंगलबार भएको छ। मुद्दामा सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण इजलाशले फेवाताल प्रकरणबारे सर्वोच्चले गरेको फैसला आदेशसहितको मुल मिसिल झिकाउन आदेश गरेको छ।  

फैसला कार्यान्वयन गर्ने दायित्व आइपरे पनि त्यसको पालना नगरेको भन्दै अवहेलनामा एक बर्षसम्म कैद वा र १० हजारसम्म जरिवाना वा दुबैको माग गरिएको छ।

फेवाताल अतिक्रमण मुद्दामा न्यायाधीश ओम प्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासबाट २०७५ वैशाख १६ गते परमादेशको आदेश जारी भएको थियो।  

निर्दिष्ट म्यादभित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरेको नदेखिएको हुँदा उक्त फैसलाको उल्लंघन हुन गएको वकिल सुवेदीको दावी छ। सरकारले फैसला प्राप्त गरेको ६ महिनाभित्र तालको किनारबाट ६५ मिटरभित्र बनेका अनियमित घर, होटललगायतका स्थायी वा अस्थायी संरचना हटाउनु भनी परमादेशको आदेश जारी भएकोमा सो को पालना नगरी चुप लागी बसी अदालतको मर्यादामा ठेस पुर्‍याएको उनको जिकिर छ।  फैसलामा ६ महिना भित्र तालको चार किल्ला गर्न भनिए पनि त्यो गरिएको छैन्।

यस्तो थियो सर्वोच्चको आदेश
फेवातालबारे सर्वोच्च अदालतले गत वर्ष बैशाखमा गरेको आदेशमा विश्व प्रकाश लामिछानेको अध्यक्षतामा फेवातालको अतिक्रमण भएको जग्गा छानविन गर्न गठित समितिले २०६९ जेठ ३ गते बुझाएको प्रतिवेदन कायम गर्नु गराउनु भनिएको थियो।  तर उक्त समय सीमामा फैसला कार्यान्वनको लागि कुनै पनि दायित्व नलिइएको भन्दै अवहेलनाको मुद्दा दर्ता भएको हो मा आधारित भएर आदेश प्राप्त भएको मितिले ६ महिनाभित्र फेवातालको चार कि।

’साविकमा फेवाताल पुरिएर बनेको के कति जमिन व्यक्ति विशेषको नामा दर्ता भएको छ? यो आदेश प्राप्त भएको मितिले एक वर्ष्भित्र छानविन गरी गराई त्यस्तो दर्ता बदर गरी तालको नाममा दर्ता गर्ने गराउनेतर्फ भूमिसुधार तथा व्यवस्था मन्त्रालय सिंहदरबार काठमाडौँ, मालपोत कार्यालय कास्की, नापी विभाग मीनभवन काठमाडौँ समेतको समन्वय गरी आवश्यक निर्णय गर्नु गराउनु’, सर्वोच्चको फैसलामा भनिएको थियो। तर मन्त्रालयले त्यसबारे अहिलेसम्म कुनै पनि काम गरेको छैन्।

मालपोत ऐन, २०३४ को दफा २(ख) (२) ले नेपाल सरकारको अधिनमा रहेको ताल, पोखरी तथा सोको डिल, नहर कुलो समेतलाई सरकारी जग्गाको रुपमा परिभाषित गरेको छ। मालपोत ऐन, २०३४ को दफा २४(१) ले सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषका नाममा दर्ता वा आवाद गर्न गराउन निषेध गरेको  छ।  यसरी तालको भूभाग व्यक्ति विशेषको नाउँमा दर्ता भएको कार्य मालपोत ऐन, २०३४ को दफा २४(१) विपरित हुने र सोही दफा २४ को उपदफा (२) ले सरकारी वा सार्वजनिक जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी आवाद गरेकोमा त्यस्तो दर्ता स्वतः बदर हुने कानुन रहेको छ। लामिछाने प्रतिवेदन अनुसार १६ सय ९२ रोपनी फेवातालको जमिन व्यक्तिको नाममा दर्ता भएको छ। सर्वोच्चले उक्त जमिनलाई तालको नाममा ल्याउन आदेश दिइसक्दा पनि सम्वन्धित निकायले अहिलेसम्म त्यसतर्फ चासो देखाएको छैन्।

यसै गरी फेवाताल संरक्षणको लागि थप जग्गाको आवश्यकता परे जग्गा प्राप्ति ऐन, २०३४ तथा सम्बन्धित अन्य कानुनको रित पुर्‍याई फेवातालको आसपासमा रहेको व्यक्तिगत जग्गासमेत आवश्यकताअनुसार अधिग्रहण गरी तालको दीर्घकालीन संरक्षण गर्न गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, राष्ट्रिय ताल विकास संरक्षण समिति, मालपोत कार्यालय कास्की, पोखरा उपत्यका नगर विकास समितिसमेतले समन्वय गरी आवश्यक निर्णय गर्नु गराउन आदेशमा भनिएको थियो।

फेवाताललाई जलाधार क्षेत्र घोषणा गर्न समेत भनिए पनि त्यसको कार्यान्वनको लागि कुनै पहल भएको छैन्।

प्रकाशित: २४ श्रावण २०७६ १४:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App