१५ चैत्र २०८० बिहीबार
समाज

विपन्न बालबालिकालाई शैक्षिक सामग्री

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिँदै। तस्बिरः नागरिक

डोल्पा– नेपाली कांग्रेसका युवा नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माको सहयोगमा डोल्पाका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

त्रिपुरासुन्दरी नगरपालिका–१, अन्तर्गत पर्ने त्रिपुरा माध्यमिक विद्यालय काँटियाचौरमा अध्यायनरत कक्षा १ देखि १० सम्मका आर्थिक विपन्न र दलित परिवारका बालबालिकाहरूलाई झोला, कापी र कलम वितरण गरिएको हो।

विद्यालयमा अध्ययनरत झण्डै एक सय बालबालिकालाई उक्त शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

सो शैक्षिक सामग्री नेकपा कर्णाली प्रदेश सासंद वीरबहादुर शाही, नेकपा प्रदेश कमिटी सदस्य काली चलाउने र त्रिपुरासुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाले बालबालिकालाई वितरण गरेका थिए।

प्रकाशित: १८ श्रावण २०७६ ०५:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App