१६ चैत्र २०८० शुक्रबार
समाज

सिटिइभिटीको परीक्षामा चिट चोर्ने तीन महिलासहित ४ जना पक्राउ

धनुषा - सीटीईभीटीको परीक्षामा चिट चोर्ने चार जनालाई जनकपुरबाट पक्राउ परेको छ। सकल भवन कन्या मावि परीक्षा केन्द्रबाट तीन महिला र एक पुरुषसहित ४ परीक्षार्थीलाई बिहान साढे ७ बजे  परीक्षा हलबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जनाए। 

परीक्षा हलभित्र मोबाइबाट चिट चोरी रहेको अवस्थामा  उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ गरी चारै जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ श्रावण २०७६ ०४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App