७ वैशाख २०८१ शुक्रबार
समाज

उप–निर्वाचनको चासो बढ्दै

पाँचथर– जनप्रतिनिधिको पद रिक्त हुँदा यहाँका एक स्थानीय तह र दुई वडाको सेवा प्रभाव असर पुगेको छ। निर्वाचित एक जना गााउँपालिका प्रमुख तथा दुई वडा अध्यक्षको निधन भए पनि कार्यवाहक मार्फत काम सम्पादन गर्नु पर्ने अवस्था छ। दोहोरो जिम्मेवारीले गर्दा कार्यवाहकहरु मार्फत स्थानीय तहमा अपेक्षाकृत काम सम्पादन गर्न कठिन भएको देखिन्छ।

यहि बेला उपनिर्वाचनले समेत चर्चा पाएको छ। देशभर रिक्त रहेका ५० पदमध्ये जिल्लाका ३ हुन। यहाँ तीनै जना जनप्रतिनिधिको निधन भएको छ। फाल्गुनन्द गाँउपालिकाका प्रमुख अमरकुमार नेम्बाङ, हिलिहाङ–७ का वार्ड अध्यक्ष तिर्थराज तिम्सिना र फिदिम नगरपालिका–१ का वार्ड अध्यक्ष हर्क मोक्तानको निधन भएपछि उक्त पद खाली छन्।

मंसिर पहिलो साता निर्वाचनका लागि प्रस्ताव भएसँगै राजनीतिक वृत्तमा निर्वाचनको चासो र चर्चा बढेर गएको छ। केही दिनयता स्थानीयस्तरका नेताहरुको सक्रियता देखिन्छ। नेताहरुबीच अनौपचारीक रुपमा कुराकानी बढेको देखिन्छ भने कतिपय स्थानमा आकांक्षीको नाम समेत सुनिन थालेको छ।

मतदाता नामावली दर्ता गराउन आउनेको संख्यामा बढोत्तरी भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। नियमित रुपमा संकलन भइरहेको मतदाता नामावली दर्ता गराउन फाल्गुनन्द गाँउपालिकाबाट दैनिक २०–३० जना आउने गरेको निमित्त कार्यालय प्रमुख सरोज मेहेताले जानकारी दिए। ‘जिल्लामा तीन स्थानमा खाली छ। मतदाता नामावली दर्ता गराउनेको संख्या बढ्या छ। अरु गतिविधि निर्वाचन आयोगले बढाएको छैन’ मेहेताले भने। राजनीतिक हिसाबमा चासो बढे पनि औपचारीकता पाइसकेको छैन। निर्वाचनको मिति घोषणा भएपछि निक्कै चुनावी चहपहल हुने अनुमान लाग्न थालेको छ।
जनप्रतिनिधिहरुको पद खाली हुँदा कामकार्वाहिमा समस्या भएकाले चुनावको अपेक्षा देखिन्छ। तर, सर्वसाधारण नागरिकसम्म चै उपनिर्वाचन चर्चा पुगिसेको देखिदैन।

बढि चासो फाल्गुनन्द गाउँपालिकामा देखिन्छ। गाँउपालिका प्रमुखकै निधन भएपछि यहाँको काम कार्वाहीमा असर पुगेको छ। उपप्रमुखलाई कार्वावाहक तोकिएर काम अघि बढाइएको छ। धेरै जिम्मेवारीका कारण काम कार्वाही प्रभावित भएको देखिन्छ। ‘काममा तीव्रता दिन सकिएन। प्रमुख हुँदा काम, निर्णय प्रक्रियादेखि अन्य काममा सजिलो थियो। अहिले अध्यक्षको अभाव खेपीरहेका छौँ’ प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले भने।

फिदिम वार्ड न. १ का वार्ड अध्यक्षको केहि दिन अगाडी निधन भयो। सदरमुकाम फिदिमको बजारको वार्ड भएकाले  सेवाग्राहीको चाप हुने गरेको छ। ‘नागरिकलाई सेवा दिनलाई प्रयास गरिरहेका छौँ। उपनिर्वाचन भएर वार्ड अध्यक्ष नआइन्जेल अरु काम छाडेर वार्डको काममा खटिनु पर्ने अवस्था छ’ कार्यवाहक अध्यक्ष राजकुमार नेम्बाङले भने।

हिलिहाङ–७ का अध्यक्ष तिम्सिनाको निधन भएपछि एक वर्ष यता कार्यवाहकले चलाइरहेका छन्। जिम्मेवारी पाएदेखि जनताको सेवामा काम गरिरहेको कार्यवाहक अध्यक्ष सुनमान तामाङले बताए। जनताको तहमा नभए पनि नेताको तहमा उपनिर्वाचनको चर्चा हुने गरेको उनले सुनाए।

प्रकाशित: १७ श्रावण २०७६ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App