coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नख्खु कारागारमा कुटाकुट हुँदा एकको मृत्यु

काठमाडौं– ललितपुरस्थित नख्खु कारागारमा दुई कैदीबन्दीबीच कुटाकुट हुँदा एकजनाको मृत्यु भएको छ। सिमेन्टको ब्लकले प्रहार गर्दा पूर्णबहादुर राबीको मृत्यु भएको हो।

कर्तव्य ज्यान मुद्दाका राबीको मानसिक सन्तुलन गुमेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको हो।

कर्तव्य ज्यान मुद्दाकै कोमलकुमार महतोले भूइँमा बिच्छाइएको ब्लकले राबीलाई प्रहार गरेको कारागार प्रशासनको भनाइ छ। महतोलाई ललितपुर प्रहरी परिसर जावलाखेलले नियन्त्रणमा लिएको छ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। विवाद हुनुअघि दुवैजना एकअर्काको जुम्रा हेरिरहेको अन्य कैदीबन्दीले बताएको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०९:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App