७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा १२ वर्षीय किशोर घरभित्रै मृत भेटिए

भक्तपुर– भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एकजना १२ वर्षे किशोरले आत्महत्या गरेका छन्। गुण्डु बस्ने राजु खतिवडाको छोरा बर्ष १२ को सन्देशले आफ्नै घरको दोश्रो तल्लामा काठको दलिनमा स्कुलको टाईको घाँटीमा पासो लगाई झुडेको प्रहरीले जनाएको छ। 

निजको बुबाले देखेर पासो फुकाई मध्यपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। घटनास्थलमा महानगरीय प्रहरी वृत्त जगातीबाट प्रहरी टोली खटी गई आवश्यक अनुसन्धान कार्यपश्चात शव पोष्टमार्टमको लागि भक्तपुर अस्पताल लगिएकोमा पोष्टमार्टमपश्चात शव आफन्तलाई बुझाई पठाइएको परिसरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए। 

प्रकाशित: १६ श्रावण २०७६ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App