८ वैशाख २०८१ शनिबार
समाज

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

भक्तपुर– श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि प्रेमिकासँंगै मंगलबार एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा जोडी भेटिएको हो।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ८ बोडे प्राइम स्कुल नजिकै कोठा लिई बस्ने रामेछाप बेथान गाउँंपालिका घर भई हाल सोही स्थान बोडे बस्ने बर्ष १८ की मंगली घिसिङ र सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ धारपा घर भई हाल सोही स्थान बोडे बस्ने बर्ष १९ को जीवन तामाङ पासो लगाई मृत अवस्थामा भेटिएका हुन्। स्थानीय रुद्र सिलवालको साढे दुई तले घरको दोस्रो तलाको कोठामा डेरा गरी बस्ने जीवन र उनकी प्रेमिका भनिएकी मंगली दुवैजना एकै ठाउँंमा झ्यालको ग्रिलमा सलको पासो लगाई मृत अवस्थामा फेला रहेको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाका अनुसार जीवनकी श्रीमती रितु तामाङले साउन ११ गते आफ्नो श्रीमान अर्की केटीसँग लागेर आफूलाई हेरेनन्, त्यसकारण उनलाई झिकाई आवश्यक कारवाही गरी पाउँ भनी उजुरी दिएकी थिइन्। उजुरीपछि प्रहरीले जीवनलाई झिकाएर अबदेखि रितुसँग नै बस्ने तथा उनलाई लाउन खान ब्यवस्थासमेत गर्ने प्रतिबद्धता गर्दै सोमबार साँंझ मात्रै मिलापत्र भएको थियो। मिलापत्र गरी श्रीमान जीवन श्रीमतीसँग नै निक्लेका थिए। ‘श्रीमतीसँंग विवाह दर्ता गर्ने, दुई वर्षे छोरीका जन्म दर्ता गर्ने सहमति सोमबार बेलुकी मात्रै भएको थियो’, प्रहरी नायव उपरीक्षक कोइरालाले नागरिकसँंग भने, ‘सहमतिपछि श्रीमतीलाई एक हजार रुपैयाँं दिएर तरकारी किनेर पकाई राख्नु म आउँंछु भनी गएका थिए, तर विहानै प्रमिकासँंग झुण्डिएको अवस्थामा भेटियो।’ 

प्रहरी नायव उपरीक्षक कोइरालाका अनुसार विहानै दुई जना युवायुवती झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको खबर आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कोइरालाले बताए। घटनापछि दुबैको शव पोस्र्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ। जीवन पेशाले सवारी चालकको काम गर्ने गर्दथें।

प्रकाशित: १४ श्रावण २०७६ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App