५ आश्विन २०७७ सोमबार
समाज

राजश्व चुहावट मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडाैं- राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन्। भोजपुर षडानन्द नगरपालिका–३ जिमिगाँउ घर भइ हाल काठमाडौँको उत्तरखेल बस्ने ४४ वर्षीय कमलबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–७ सुकेधाराबाट उनलाई पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए। मकवानपुर जिल्ला अदालतमा राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन मुद्दाका फरार प्रतिवादी भएकाले श्रेष्ठलाई आवश्यक कारवाहीका लागि आजै हेटौँडा पठाईएको महाशाखाले जनाएको छ। रासस

प्रकाशित: १४ श्रावण २०७६ १७:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App