७ वैशाख २०८१ शुक्रबार
समाज

करेन्ट लागेर मजदुरको मृत्यु

सर्लाही– जिल्लास्थित निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सबस्टेशनमा काम गरिरहेका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। लालबन्दी नगरपालिका–१, नवलपुरस्थित लखन्देही नदी किनार नजिक निर्माणाधीन विद्युत् प्राधिकरणको सबस्टेशनमा काम गरिरहेको अवस्थामा स्थानीय २४ वर्षीय मेघबहादुर बम्जनको मृत्यु भएको हो।

सबस्टेशन निर्माणस्थलमा जमेको पानी मोटर लगाएर बाहिर फाल्ने क्रममा बम्जनलाई आइतबार दिउँसो करेन्ट लागेको थियो। वरिपरि पर्खाल ठड्याइसकिएको र भित्र माटो भर्ने काम भइरहेकाले वर्षाका कारण जमेको पानी बाहिर फाल्न खोज्दा बम्जनलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय लालबन्दीले जानकारी दिएको छ।

विद्युत् प्राधिकरणको उक्त सबस्टेशन ठेकेदार कम्पनीमार्फत् निर्माण कार्य भइरहेको छ। घटनास्थलमै मृत्यु भएका बम्जनको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवास्थित जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७६ ११:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App