coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अष्ट्रेलियामा दुई नेपालीको कार दुर्घटनामा मृत्यु

काठमाडौं– अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। उनिहरुको अझै पहिचान हुन सकेको छैन।

तिब्र गतीका कारण दुर्घटना भएको नेपाली  दूतावास अष्ट्रेलियाका कार्यावाहक राजदूत  दुर्पदा सापकोटाले बताइन्। गुडिरहेको कारको  अगाडि अकस्मात कँगारु आउँदा बचाउने क्रममा अनियन्त्रित हुन गई दुर्घटना भएको सापकोटाले बताइन्। उनका अनुसार दुर्घटनामा परेका विद्यार्थीहरु सिड्नीमा अध्ययनरत हुन्।  

एवीसी न्युज अष्ट्रेलियाका अनुसार उक्त कारमा पाँच जना सवार थिए। जब कार अनियन्त्रित भई सानो विरुवमा ठोक्किन पुग्यो कारमा सवार महिला आफ्नो सिट भन्दा धेरै पर उछिट्टीएरकी थिइन्। सोही समयमा अन्दाजी २० वर्षका पुरुषको पनि मृत्यु भएको थियो। कारमा १९ वर्षका दुई पुरुष भने कार भन्दा बाहिर आएर प्रहरीलाई मद्दतका लागि बोलाउन सफल भएका थिए। उनीहरुलाई उपचारका लागि कुमा अस्पतालमा लगिएको छ। कार चलाइरहेका २२ वर्षीय पुरुष विद्यार्थीको टाउकोमा चोट लागेको हुनाले उनलाई केनबेर्रा अस्पतालमा लगिएको छ।

सञ्चार माध्यमले जनाए अनुसार १५ जनाको समूह तीनवटा कारमा विदा मनाउन जाँदै थिए। दुर्घटनामा परेका कारमा अधिकांश १९–२२ उमेरका रहेको बताइएको छ।

 

प्रकाशित: १२ श्रावण २०७६ ०९:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App