४ वैशाख २०८१ मंगलबार
समाज

नेवाःको नाम बदनाम नगरौं : मेयर शाक्य

fकाठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले केही व्यक्तिले भीड बाँधेर सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र अन्त्यमा ‘जय नेवाः’ भन्दै भाग्ने समूहले अन्ततः नेवाः समुदायकै अपमान गरिरहेको बताएका छन्। पहिले–पहिले माओवादी कार्यकर्ताहरू पनि जनताको घरमा गएर लुटपाट गर्ने र अन्तमा ‘माओवादी जिन्दावाद’ भन्दै भाग्ने गरेकाले उनीहरूकै कारण माओवादी पार्टी बदनाम भए जस्तै अहिले काठमाडौंमा पनि केही व्यक्तिको समूह मिलेर नेवाःको नाममा नेवाःलाई बदनाम गर्ने कार्य भइरहेकोप्रति मेयर शाक्यले चिन्ता व्यक्त गरेका हुन्।

शनिबार काठमाडौं–१५ स्थित ऐतिहासिक लखतीर्थ पुनर्निर्माणका लागि भएको जग शिलान्यास कार्यक्रममा बोल्दै शाक्यले काठमाडौं–१२ स्थित महेन्द्र सरस्वती निमाविको निर्माणाधीन भवनको डिपिसी तोडफोड एवं आगलागी गरिएको सन्दर्भमा सो कुरा बताएका हुन्। हाल काठमाडौं महानगरपालिकाले गर्ने हरेक कामको विरोध गर्दै त्यसलाई सफल हुन नदिने राजनीतिक नियतले केही व्यक्ति लागिपरेको शाक्यको आरोप छ।
भूकम्पले क्षतिग्रस्त भएको सो विद्यालय भवन पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आर्थिक सहयोग गरेको हो। सरकारी खर्चमा निर्माण भइरहेको विद्यालय भवनलाई नेवाःको नाममा तोडफोड गरिएकोप्रति दुःख व्यक्त गर्दै शाक्यले भने, ‘त्यो काम कुनै नेवाःले गरेको हो भने त्यो नेवाः संस्था कुन हो, त्यसको जिम्मेवार व्यक्ति को हो, त्यो पनि खुलस्त हुनुप¥यो, होइन भने नेवाःको नाममा यस्ता गैरजिम्मेवारी कार्य गर्ने अधिकार कसैलाई पनि छैन। नेवाः समाज यसतर्फ सतर्क हुनुपर्छ।’

हाल काठमाडौं महानगरपालिकाले गर्ने हरेक कामको विरोध गर्दै त्यसलाई सफल हुन नदिने राजनीतिक नियतले केही व्यक्ति लागिपरेको शाक्यको आरोप छ। कार्यक्रममा बोल्दै कामपा–१५ वडाध्यक्ष तथा कामपा प्रवक्ता ईश्वरमान डंगोलले पनि कामपाका विकास कार्यमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको बताए।
शिलान्यास कार्यक्रममा उद्योगपति लक्ष्मीदास मानन्धर, पुनर्निर्माण समितिका संयोजक सुवर्ण डंगोललगायतले लखतीर्थ पुनर्निर्माणपछि नेपाल–मण्डल क्षेत्रकै एक विशिष्ट सम्पदाको संरक्षण हुने बताएका थिए। वडा १५ स्थित विष्णुमति नदी छेउको यो तीर्थ नेपाल संवत्का प्रणेता शंखधर साख्वाःसँग पनि सम्बन्धित रहेको छ। यही तीर्थको बालुवा पछि सुन हुन गएको र त्यही सुन प्राप्त गरी शंखधरले तत्कालीन देशवासीको ऋण मुक्त गरिदिएको किंवदन्ती पाइन्छ।

सो तीर्थ पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ। यसमा अमेरिकामा रहेका नेपालीहरूको संस्था नेपाल राइजिङ अमेरिकाले पनि २५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App