१५ चैत्र २०८० बिहीबार
समाज

बाढीले २६ घरमा क्षति, विस्थापित परिवार स्कुलमा

बुढी खोला नदीले कटान गरेको दुहवी वडा नं. ४ को बस्ती । तस्बिर: नागरिक

इटहरी– बुढी खोला नदीमा आएको बाढीले गर्दा दुहवीमा २६ घर कटान गरि क्षति गरेको छ। दुहवीको वडा नं. १ र ४ का नदी छेउको वस्तीका थुप्रै घर उच्च जोखिममा छन्। 

निरन्तरको वर्षाका कारण बुढी खोला नदीमा आएको बाढीले कटान गर्दा दुहवी वडा नं. १ र ४ का १३–१३ घर कटान गरि क्षति पुर्याएको हो। वडा नं. १ मा शुरुमा खोलाले पाँच घर कटान गरि क्षती गरेकोमा त्यसपछि क्रमशः अरु घर कटान गरि क्षति गरेको वडाअध्यक्ष अजुल हुसेनले जनाए। उनका अनुसार, घर कटान गरेपछि सम्पूर्ण गाउँले जुटेर घर बनाउन प्रयोग हुने सामग्री सुरक्षित स्थानमा राखिएको छ। 

बाढीले घर कटान गरेपछि विस्थापित भएका परिवारलाईं स्थानीय मदन आस्रित आधारभूत विद्यालयमा राखिएको छ। वडा नं. १ को बुढी खोला नदी छेउमा ६३ घर छन्। यी सवै परिवार सुकुम्बासी हुन्। ‘सुकुम्बासी परिवारलाईं विस्तारै सुरक्षित स्थानमा नसारिएमा जहिल्यै खतरा हुनेछ’, वडाअध्यक्ष हुसेनले भने। बाढी आउँदा यो वस्तीका अरु घर पनि जोखिममा रहेका छन्। 

बुढी खोला नदीमै आएको वाढीले वडा नं. ४ को मालहट्टी र त्यसभन्दा माथिल्लो मुसहरी टोलका वस्तीका १३ घर कटान गरेको छ। वस्तीका अरु थुप्रै घर कटानको जोखिममा छन्। यो वस्तीका मोहन घिमिरे, अनरुप चौधरी, नाथुराम चौधरी, ह्दयलाल साहनी, सुरेन शर्मा, जहाना खातुनलगायतको घर कटान गरेको हो।

‘बस्तीका अरु घर पनि जोखिममा छन्,’ स्थानीय राजु सहनीले भने, ‘कटानको जोखिममा रहेका घरका मानिस पनि स्कुलमा सुरक्षित स्थानमा बस्न थालेका छन।’ विहीबार राति आएको बाढीले वस्तीका घर कटान गरेर क्षती पु-याएको स्थानीय मोहन घिमिरेले भने। उनका अनुसार, अब नदी छेउमा रहेका ३० घर बढी नै जोखिममा छन्। वडा नं. ४ मा खोला छेउमा तीन १६ घर परिवार बसोबास गर्छन्। यी सबै परिवार सुकुम्बासी नै रहेको वडाअध्यक्ष राजन बस्नेतले जनाए। 

वडाअध्यक्ष बस्नेतका अनुसार, पीडित परिवारले खाद्यन्नसँगै अन्य राहतका सामग्री प्रदान गरिएको छ। बुढी खोला नदीले २०७४ साउन २७ गते राति आएको बाढीले सवैभन्दा बढी क्षती गरेको थियो। त्यो बेला इटहरी वडा नं. ३,४, ९ र १० वडामा तहसनहस बनाएको थियो। त्यतिबेलाको बाढीले दुहवीमा पनि क्षती गरेको थियो।

प्रकाशित: १० श्रावण २०७६ १५:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App