१५ चैत्र २०८० बिहीबार
समाज

३२ पुरुषले दिए सम्बन्धविच्छेदको मुद्दा

ओखलढुंगा– पुरुषले पनि श्रीमतीविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानुनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगाका ३२ जना पुरुषले जिल्ला अदालतमा मुद्दा दर्ता गराएका छन्।

भदौ १ गतेदेखि लागू भएका पाँचवटा नयाँ कानुनमध्ये ‘मुलुकी देवानी कार्यविधि (संहिता) ऐन २०७४ मा उल्लेखित व्यवस्थाको प्रयोग गर्दै उनीहरूले मुद्दा दर्ता गराएका हुन्।

जिल्ला अदालतको तथ्यांकअनुसार ओलखढुंगामा यस आर्थिक वर्षमा परेका ८० वटा मुद्दामध्ये ३२ पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता भएको श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए।

अधिकांश सम्बन्धविच्छेदका लागि मुद्दा दिने पुरुषले पत्नीले घर व्यवहार नधानेको, सम्पत्ति हिनामिना गरेको, हिंसा गरेकाले अलग हुन चाहेको उल्लेख गरेका छन्। यसका साथै वैदेशिक रोजगारी, अविश्वास र रकम हिनामिनाका कारणले पनि सम्बन्धविच्छेदको मुद्दा बढेको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ।

नयाँ मुलुकी देवानी (संहिता) लागू हुनुपूर्व कमै पुरुषले सम्बन्धविच्छेदका लागि मुद्दा हालेका थिए। विगत दुई आर्थिक वर्षको तथ्यांकअनुसार जिल्ला अदालतमा यो वर्ष सम्बन्धविच्छेदका मुद्दा बढेको पाइन्छ।

आर्थिक वर्ष २०७४/०७५ मा ३३ र आर्थिक वर्ष २०७३/०७४ मा ४२ वटा मुद्दा परेको जिल्ला अदालत ओखलढुंगाले जनाएको छ। तर, यस आर्थिक वर्षमा जिल्ला अदालत ओखलढुंगामा परेका कूल दुई सय ७० मुद्दामध्ये ८० वटा मुद्दा सम्बन्धविच्छेदका छन्।

आर्थिक वर्ष २०७४/२०७५ मा फछ्र्याेट हुन बाँकी रहेका आठ र आर्थिक वर्ष २०७५/२०७६ मा जिल्ला अदालतमा दर्ता भएका ८० सम्बन्धविच्छेदका मुद्दामध्ये ५५ थान मुद्दाको फछ्र्योट भएको श्रेस्तेदार नेत्रबन्धु पौडेलले बताए।

प्रकाशित: ९ श्रावण २०७६ ११:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App