१६ चैत्र २०८० शुक्रबार
समाज

संसदभित्रै पानी पसेपछि ...

विराटनगर– संसद्को सभाहलभित्रै पानी पसेपछि प्रदेश १ को संसद् बैठक १० दिनलाई स्थगित भएको छ। बुधबार बजेट अधिवेशनको २७ औं बैठक थियो। तर, संसदको रोष्ट्रमसम्मै पानी पसेपछि बैठक स्थगित भएको हो।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले सूचना जारी गर्दै साउन १९ गतेसम्मका लागि बैठक स्थगन भएको जनाएका छन्। 'लगातारको झरीले संसद्को बैठकस्थलमै पानी पसेको छ', प्रदेशसभाका सूचना अधिकारी जयनारायण अधिकारीले भने 'बैठकस्थलमै पानी पसेपछि १० दिनलाई बैठक स्थगित भएको हो।'

उनका अनुसार संसद्को बैठक हल गहिरो भागमा पर्छ। त्यसैले वर्षाको पानी र ढलको फोहोर पनि भित्रसम्मै पस्ने गरेको छ। केही समयअघि काँग्रेस सांसद प्रतापप्रकाश हाङ्गामले संसद् भवन हरेक बर्खामा डुबानमा पर्ने र ढलको पानीसमेत हलभित्र छिर्ने समस्या भएका कारण संसद् भवन विराटनगर बाहिर लैजानुपर्ने माग गरेका थिए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App