coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले घर पुरियो

पहिरोले पुरिएको घर। तस्बिरः नागरिक

दोलखा– घर माथिबाट आएको पहिरोले दोलखाको कालिञ्चोक गाउँपालिका–४, लामिडाँडामा एक घर पुरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करिब २ बजे लामिडाँडाको हिलेपानीस्थित स्थानीय गंगादेवी न्यौपानेको घर माथिबाट पहिरो बग्दा घर पुरिएको हो। घरको आधा भागसम्म पुरिएको प्रहरीले जनाएको छ।

नेपाल रेडक्रस सोसाइटी लामिडाँडाका अध्यक्षसमेत रहेका स्थानीय देवेन्द्र अर्यालका अनुसार अपाङ्गतासमेत रहेकी एकल महिला गंगादेवी हिजो बेलुकीनै नाता पर्ने छिमेकीको घरमा गएकी थिइन्। पहिरोले पुरिएर घरसँगै अन्नबालीसमेत नष्ट भएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०७:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App