५ वैशाख २०८१ बुधबार
समाज

जिप दुर्घटनामा एकको मृत्यु, दुई घाइते

बैतडी - दार्चुलाबाट धनगढी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेको आरुबाट नजिकै बन्तड भन्ने भिरमा  से१ज ५२२४ नम्बरको जिप आज बिहान सवा ५ बजेतिर दुर्घटना भएको हो।

जिप भीरबाट झण्डै अढाई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। समान्य घाइते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको  प्रहरीले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७६ ०४:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App