१६ चैत्र २०८० शुक्रबार
समाज

एघारा महिनापछि रोनाल्डो बलात्कार आरोपबाट मुक्त

एजेन्सी - स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो एघारा महिनापछि  बलात्कार आरोपबाट मुक्त भएका छन्। अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै गत असोजमा प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुर परेपछि प्रहरीले त्यस विषयमा अनुसन्धान थालेको थियो।  आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको निष्कर्ष निकालेका छन् । अनुसन्धानमा संलग्न लस भेगासका प्रहरीसहित कानुनी अधिकारीहरुले आरोपका प्रमाणित हुने खालका कुनै पनि प्रमाण फेला नपरेको बताए।

सन् २०१० मा पोर्चुगिज स्टार खेलाडी रोनाल्डोसँग अदालति प्रक्रिया भन्दा बाहिर रहेरै ती महिलाले सहमति गरेको बताइन्छ । तर उनले सन् २०१८ मा पुनः आरोपका सम्बन्धमा कारवाही होस् भन्दै कानूनी प्रक्रिया सुरु गरेकी थिइन् । क्लार्क काउन्टी डिस्ट्रिक्टका न्यायाधीवक्ताको कार्यालयका अनुसार पीडितले सन् २००९ मा दुर्व्यवहारका सम्बन्धमा उजुरी दिएको तर घटना कहाँ भएको र पीडक को रहेको भन्ने खुलाउन अस्वीकार गरेकी थिइन्। जसका कारण प्रहरी अर्थपूर्ण अनुसन्धान गर्न असफल भएको न्यायाधीवक्ताको कार्यालयले जनाएको छ। रोनाल्डोले सुरुदेखि नै सबै आरोप अस्वीकार गर्दै आएका थिए ।

प्रकाशित: ७ श्रावण २०७६ ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App