१६ चैत्र २०८० शुक्रबार
समाज

विभिन्न घटनामा पाँच जना पक्राउ

धादिङ– जिल्ला प्रहरी कार्यालयले विभिन्न घटनामा पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ स्यादुलबाट तीन किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई  प्रहरीले पक्राउ गरेको छ। आइतबार बिहान स्यादुलबाट चरौँदीतर्फ जाँदै गरेको बा ८२ प ९३५१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरामा लागु औषध भेटिएको प्रहरीले जानकारी दिए।

पक्राउ पर्नेमा मोटरसाइकलको पछाडि बस्ने बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ का १८ वर्षीय रिदम तिवारी भन्ने चिरन्जिवी तिवारी रहेका छन्। मोटरसाइकल चालक बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ का होमबहादुर सुवेदी भने फरार छन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ। 

जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं ६ ससाहबाट गाईको मासु बिक्रि वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको छ। बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका वडा नं १ घर भई हाल नीलकण्ठ नगरपालिका वडा न ९ बस्ने ५१ वर्षीय तार लामा तामाङ, सोही ठाउँका ५० वर्षीय खर्पा तामाङ र ५६ वर्षीय लेक्ता तामाङ रहेका छन्। गाईलाई हम्बरले हानी मारी काटेर मासु बनाई भाग लगाइ रहेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयबाट पशु पन्छी विरुद्धको कसुरमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ। 

त्यस्तै, गत असार २१ गते महिलालाई जबरजस्तीकरणी गर्ने एक जनालाई पक्राउ गरिएको छ। जिल्लाको थाक्रे गाउँपालिका वडा नं ९ बस्ते २४ वर्षीय एक महिलालाई जबरजस्तीकरण गरेको आरोपमा थाक्रे गाउँपालिका वडा नं ९ बतासेडाँडा बस्ते २५ वर्षीय रामबहादुर मिजारलाई प्रहरीले पक्राउ गरेको हो। घरमा कोही नभएको मौका छोपी जबरजस्तीकरणी गरेको प्रहरीले जानकारी दिए। पक्राउ परेकालाई जबरजस्तीकरणी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए। 

प्रकाशित: ६ श्रावण २०७६ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App