८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

डोलेश्वरमा भक्तजनको भीड

भक्तपुर– साउनको पहिलो सोमबार भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको भीड देखिएको छ। भगवान शिवको भब्य आराधना, तीर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको बिहानैदेखि भीड देखिएको थियो।

मेलामा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेसहितका विभिन्न ठाउँहरुबाट भक्तजनहरु दर्शन गर्न आएका छन्। मन्दिरमा बिहान तीन बजेदेखि नै भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागि लाईनमा पालो कुरिरहेको स्थानीयले बताए। २०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको साउन महिनाभरि मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गर्दै आएको छ।

यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा श्रावण १ गतेबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका प्रवक्ता तथा पूर्वअध्यक्ष बिदुरमानसिंह बस्नेतले जानकारी दिए। शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन हुने उनले विश्वास दिलाए।

प्रकाशित: ६ श्रावण २०७६ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App