१६ चैत्र २०८० शुक्रबार
समाज

सिरहामा बढ्दो अवैध गर्भपतन, एक डाक्टर पक्राउ

मिर्चैैयास्थित मिर्चैया नर्सिङ होम। तस्बिरः नागरिक

सिरहा– अवैध गर्भपतन गराएको आरोपमा सिरहाको मिर्चैया बजारमा सञ्चालित मिर्चैया नर्सिङ होममा कार्यरत एक चिकित्सक पक्राउ परेका छन्। डा. शम्भुकुमार यादवलाई इलाजसम्बन्धी कसूरमा जिल्ला अदालत सिरहाबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ।

आइतबारनै उनलाई अदालतबाट म्याद गरी थप अनुसन्धान थालिएको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले जानकारी दिए। गत असार १८ गते जेकजाँचका लागि मिर्चैया नर्सिङ होम पुगेकी  सिरहा नगरपालिका–१०, गुलरियाकी एक महिलासँग १२ हजार रुपैयाँ लिएर २३ गते लिंग परीक्षणपछि गर्भपतन गराएको आरोप यादवमाथि छ। गर्भपतनपछि महिलाको रक्तश्राव नरोकिएपछि घटना बाहिर आएको थियो। त्यसपछि प्रहरीले घटनाको अनुसन्धानका लागि डा.यादवलाई नियन्त्रणमा लिएको हो।

पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रा साउण्ड सेन्टर(भिडियो एक्स–रे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ । निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घरभाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ ।

गैरकानुनीरूपमा लिंग पहिचान गरी गर्भपतन गराउने घटना यस क्षेत्रमा बढ्दै जानुमा प्रहरीको उदासिनता कारण भएको स्थानीय बताउँछन्। पछिल्लो समय लहान बजारमा बग्रेल्ती खुलेका अल्ट्रा साउण्ड सेन्टर(भिडियो एक्स–रे) र पोलिक्लिनिकमा लिंग पहिचान गरेर भ्रूण हत्या गर्ने क्रम बढेको छ । निजी क्लिनिकका डाक्टर र उनका सहयोगीहरू क्लिनिक आसपासको क्षेत्रमा घरभाडा लिएर भ्रूण हत्या गराउन संलग्न भएको पाइएको छ ।

वैशाख २१ गते लहान नगरपालिका–३, अस्पताल चोकस्थित खेतमा एक नालसहित शिशुको शवर फेला प¥यो। खेतमा फालिएको नवजात शिशुको(छोरा) शव स्थानीयको सूचनाका आधारमा प्रहरीले फेला पा¥योे। प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा एकजना युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले गर्भपतन गराएको केन्द्रको नाम खुलाइन्। तर, प्रहरीले त्यो स्वास्थ्य केन्द्र र ती स्वस्थ्यकर्मीलाई पक्राउ गर्न सकेन। 

छोराको आकांक्षासहित गर्भवती भएका महिलाले गर्भ परीक्षणमा छोरी रहेको थाहा पाएपछि भ्रूण हत्या गराउँछन् । कतिपय अनैतिक सम्बन्धबाट गर्भधारण गरेपछि गर्भपतन गराउँछन्। लहानको अस्पताल चोक, गणेश चोक, नयाँ बजार, सहिद चोकको तरकारी बजार आसपासका स्थानमा अवैध गर्भपतन गराउने स्वास्थ्यकर्मीहरू सक्रिय गरेको स्रोत बताउँछ। कानुन मिचेर सञ्चालनमा रहेका स्वास्थ्य संस्था, औषधि पसलहरू पछिल्लो समय अवैध गर्भपतन गराउने अखडा बनेको एक स्वास्थ्यकर्मीले बताए।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी बचाउ अभियान’को घोषणा गरेका बेला लहान, मिर्चैया, गोलबजार, सिरहालगायतका सहर र गाउँघरमा सञ्चालित स्वास्थ्य संस्था, औषधि पसलमा लिंग पहिचान गरी भ्रूण हत्या बढ्दै गएको हो। गैरकानुनी धन्दा सञ्चालन गर्दै आएका स्वास्थ्य संस्थाको अनुगमन नहुँदा यहाँ असुरक्षितरूपमा चर्को शुल्क लिएर गर्भपतनको व्यापार फस्टाएको लहानका सरोज यादवले बताए।

मिर्चैयामा दुईदेखि तीन हजारमा छोराछोरी छुट्याउने गरिएको एक स्थानीयले बताए। इलाका प्रहरी कार्यालय मिर्चैया वरपर रहेको क्लिनिकमा अवैधरूपमा लिंग पहिचान हुँदै आएको छ । एक स्वास्थ्यकर्मीले नागरिकन्युजसँग भने, ‘मिर्चैयामा अदक्ष स्वास्थ्यकर्मीले (रेडियोलोजी नपढेका डाक्टर)वर्षौंदेखि अनुभवको भरमा रेडियोलोजिस्टको काम गर्दै आएका छन् ।’

लिंग पहिचान गर्न मिर्चैयामा पर्सादेखि सप्तरी जिल्लासम्मका गर्भवती महिला आउने गरेको एक स्थानीयले बताए। लिंग पहिचान गरिदिए पनि डाक्टरले रिपोर्ट भने दिने गरेका छैनन् ।

शुल्कको रसिद र लिंग पहिचानको रिपोर्ट नदिए पनि लिंग पहिचान गराउन पछिल्लो समय मिर्चैयामा भीड लाग्ने गरेको छ । गर्भपतन भने अदक्ष स्वास्थ्यकर्मी र तालिमनै नलिएका सहयोगीले गर्छन् । क्लिनिक आसपासमा गोप्य स्थनमा औषधि सेवन र माइनर अप्रेसनसमेत गरी असुरक्षित गर्भपतन हुँदै आएको छ ।

१२ हप्तासम्मको गर्भपतन गर्भवती महिलाको इच्छाअनुसार सरकारी स्वास्थ्य संस्था र सरकारले अनुमति दिएका स्वास्थ्य संस्थाले निःशुल्क गर्छन्। तर, यसका लागि स्वास्थ्यकर्मी तथा डाक्टरले एमभिए(म्यानुअल भ्याकुम एसपिरेसन) तालिम लिएकै हुनुपर्छ। सरकारी स्वास्थ्य संस्थामा गर्भपतन गराउन आउनेको संख्या न्यून रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

आर्थिक अवस्था कमजोर भएको गर्भवती मात्र अस्पतालमा गर्भपतन गराउन आउँछन् । अन्य गर्भपतन अवैधरूपमै हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । इच्छाविपरीत र भूलवश गर्भवती भएको खण्डमा पहिला घरमै औषधि सेवन गरी गर्भ तुहाउने प्रयाससमेत गरेको पाइन्छ।

प्रकाशित: ६ श्रावण २०७६ ०६:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App