coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विप्लव समूहको गतिविधिमा संलग्न रहेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ

गोरखा–सरकारद्वारा प्रतिवन्धित ‘विप्लव’ नेतृत्वको नेकपाको गतिविधिमा संलग्न रहेको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्। गोरखा नगरपालिका अन्र्तगतको शहरी स्वास्थ्य केन्द्र छेवेटारमा कार्यरत सिनियर अहेब रामचन्द्र पाण्डेलाई प्रहरीले गोनपा १० छेवेटारस्थित घरबाट आज पक्राउ गरेको हो।

पाण्डे नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियनको जिल्ला सदस्य र स्वास्थ्यकर्मी संघको जिल्ला उपाध्यक्ष समेत हुन्। उनको गतिविधी शंकास्पद रहेकाले अनुसन्धानको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले बताए।

प्रकाशित: ५ श्रावण २०७६ ०९:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App