coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

काठमाडौं – पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा स्थापित चक्र स्मृति पाठशालाका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सो सहयोग नेपाली विद्यार्थी संघ काठमाडौ क्षेत्र नं ३ ले हस्तान्तरण गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेत, प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, स्वर्गीय चक्रबहादुर ठकुरीका पुत्र काङ्ग्रेस महासमिति सदस्य विमल ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारराज सुवेदीलगायतको उपस्थिति थियो।

सामाजिक अभियन्ता ठकुरीको २०७२ वैशाख १२ गतेको भूकम्पका क्रममा रसुवाबाट काठमाडौं फर्कने क्रममा पहिरामा परी निधन भएको थियो। निधनपछि उनको स्मृतिमा विपन्न वर्ग लक्षित सो पाठशाला स्थापना भएको हो।

प्रकाशित: ५ श्रावण २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App