coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिद्धिचरण लोकमार्ग अझै खुलेन

ओखलढुंगा – एक साताअघि गएको पहिरोका कारण सिद्धिचरण लोकर्माग अवरुद्ध छ। उदयपुरको कटारीलगायत तराईका जिल्लाबाट ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट बाहिरिने तथा भित्रिने सवारी पूर्ण रूपमा ठप्प छ। लोकमार्गको कटारी बेतेनी खण्ड आंशिक रूपमा सञ्चालन आए पनि बेतेनी–घुर्मी खण्ड पूर्ण रूपले अवरुद्ध भएको हो।

बेतेनी–घुर्मी खण्ड २५ किलोमिटरअन्तर्गत कटारी नगरपालिका–११ ठाँटी भन्ज्याङ र लप्सेको भीरसहित दर्जन बढी स्थानमा पहिरो गएका कारण सडक ठप्प भएको छ। सबैभन्दा बढी ठाँटीभन्ज्याङमा सडकको बेस नै पहिरोले लगेको र लप्सेमा माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ। यस क्षेत्रमा साना तथा ठूला सबै सवारी सञ्चालन हुन नसकेको कटारी नगरपालिका–११ का वडाध्यक्ष दीपक बुढाक्षेत्रीले जानकारी दिए। बुढाक्षेत्रीका अनुसार सयौं सवारी सडकमै अलपत्र परेका छन्। सिराहाको मिर्चैया–कटारी, कटारी–बेतेनी सडक खण्डमा एकतर्फी सडक सञ्चालन भएको छ।

बेतेनी–घुर्मी क्षेत्रमा सडक अवरुद्ध खोल्न सडक डिभिजन कार्यालय लहानलाई अनुरोध गरिएको छ। कटारी–घुर्मी सडकखण्ड अवरुद्ध हुँदा ओखलढुंगा, सोलुखुम्बु र खोटाङमा खाद्यान्न, इन्धनलगायत सामग्री अभाव भएको छ। यी जिल्लाका लागि आवश्यक खाद्यान्न, इन्धन लगायत सामग्री सिद्धिचरण लोकमार्गबाटै भित्रिने गर्छ। सिद्धिचरण लोकमार्ग यी तीन जिल्लालाई तराई तथा प्रदेश राजधानी विराटनगरसँग जोड्ने मुख्य राजमार्ग हो।

सो अवरोध एक साताभित्र खुल्ने डिभिजन सडक कार्यालय लहानका प्रमुख विनोद शाहले बताए। उनका अनुसार ठाँटीमा पहिरोले सडकको बेस नै भत्काएकाले हाइट कटिङ गरी बेस बनाएर सडक खन्नुपर्ने हुँदा सो सडक सञ्चालनमा आउन एक साता लाग्ने भएको छ। घुर्मी–खुर्कोट सडक एकतर्फी खुलेकाले यात्रुलाई भने आवतजावत गर्न केही सहज भएको छ।

प्रकाशित: ५ श्रावण २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App