१५ चैत्र २०८० बिहीबार
समाज

पाँच वर्षीया बालिका बलात्कृत

दुलेगौँडा(तनहुँ)– साथीहरुसँग खेल्दै गरेकी पाँच बर्षीया बालिका बलात्कारको सिकार बनेकी छन्।

तनहुँको व्यास नगरपालिका–७ पल्लो नरंगा बस्ने बालिका बलात्कारको आरोपमा छिमेकी १९ बर्षे नविन थापा प्रकाउ परेका छन्। आरोपित थापा ऋषिङ गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

बुधबार साँझ साथीहरुसँग खेल्दै गरेकी बालिकालाई फकाएर मकैबारीमा लगेर बलात्कार गरेको उजुरी आएपछि प्रकाउ गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए। ‘जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छाैँ’, उनले भने।

बालिकाले हजुरआमालाई भनेपछि घटना सार्वजनिक भएको हो। ती बालिका मामाघरमा हजुरआमासँग बस्दै आएकी थिइन्।

जिल्ला अस्पताल दमौलीमा उपचाररत उनलाई थप उपचारका लागी बिहीबार गण्डकी अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ। उपचारको क्रममा बालिकाको अप्रेशन गरिएको छ।
 

प्रकाशित: ३ श्रावण २०७६ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App