coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढीले निर्माणाधीन पुलमा क्षति (फोटोफिचर)

रौतहट - रौतहटको गढिमाइ र सर्लाहीको बरहथवा नगरपालिका जोडने बागमती नदीको पुलमा बाढीले क्षति गरेको छ। आठ दिनअघि नदीमा आएको बाढीले ३ र ४ नम्बर पिलर जोडने पुलको तीन वटा स्लेब बगाएर क्षति प¥याएको हो।

नगरपालिकाले नदीमा गिट्टी बालुवा निकाल्नको लागि ठेक्का लगाएको थियो । जथाभावी नदिमा कानुन विपरित दर्जन बढी एक्जाभेर प्रयोग गरेर उत्खनन् गराएको कारण पुल बगाएको स्थानीयको भनाइ छ । पुल महाशाखाका प्रमुख दिपक भट्टराईले बागमती  नदीको पुलमा क्षति पु¥याएको बिषयमा आफूलाई जानकारी नभएको बताए ।

सडक विभागका डिजि केशव शर्माले पुलको स्लेब बगाएको स्वीकार गरे। उनले भने,‘निर्मानाधिन अवस्थामा रहेको पुलको तीनवटा स्लेव बगाएको हो।’ निर्मानाधीन अवस्थामा रहेकोले निर्माण कम्पनीले पुनः भत्काएर पुल बनाउन लगाउने बताए जथाभावी नदि दोहन भएकोले खोला गहिरिएर भर्खरै बनेको पुलको स्लेब बगाएको डिजि शर्माले बताए

बागमती नदीमा पुल बनाउनको लागि सुर्य एस बि एस एलाइट कम्पनीले  ज्वाइन्ट भेन्चरमा ठेक्का पाएका थिए । पुल निर्माण कम्पनीले तोकिएको समय अवधिमा निर्माण गर्न नसकेपछि सडक विभाग पुल महाशाखाले दुई पटक म्याद थप गरेको थियो। अन्तिम पटक म्याद थप गर्दा असार मै निर्माण सम्पन्न गर्ने लक्षय लिएको थियो ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App