७ वैशाख २०८१ शुक्रबार
समाज

मृतकका परिवारलाई कांग्रेसको २५ हजार

मकवानपुर  – बाढी पहिरोबाट ज्यान गुमाएकाको परिवारलाई नेपाली कांग्रेस मकवानपुरले राहतस्वरुप २५ हजार रुपैयाँ दिने भएको छ। बिहीबार हेटौंडामा जिल्ला सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको मकवानपुर कांग्रेसको बैठकले जिल्लाका पाँचजना मृतकका परिवारलाई २५ का दरले सहयोग प्रदान गर्ने निर्णय गरेको हो।

चाँडै क्रम गरी मृतकका परिवारmाई सहयोग रकम प्रदान गरिने कांग्रेसका जिल्ला प्रवक्ता प्रदीप कोइरालाले बताए। ‘प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको नेतृत्वमा तथ्यांक संलकन भइरहेको छ,’ उनले भने, ‘प्रतिवेदन प्राप्त हुनासाथ घरबारविहीनहरूलाई पनि रकम, त्रिपाल र आवश्यक सामग्री सहयोग गर्नेछौ।’
त्यस्तै, स्तन क्यान्सरपीडित हेटौंडा उपमहानगरपालिकाकी नगर कार्यपालिका सदस्य रूपा खुलाललाई आर्थिक सहयोग गरिएको छ। नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली र हेटौंडा–५ का वडाध्यक्ष राजेश बानियाँले उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका हुन्।

हेटौंडा–४ स्थित खुलालको घर पुगी पराजुलीले बिहीबार नगद २५ हजार रुपैयाँ हस्तान्तरण गरे भने वडाध्यक्ष बानियाँले एक महिनाको पारिश्रमिक रकम उनको बैंक खातामा जम्मा गर्ने प्रतिबद्धता जनाए।
खुलाल दुई वर्षदेखि स्तन क्यान्सरबाट पीडित छिन्। उनलाई हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइसकेको छ। क्यान्सर उपचारका क्रममा १५ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको खुलालले बताइन्। ‘मेरो परिवारको आर्थिक कमजोरीलाई बुझेर धेरैले सहयोग गर्नुभएको छ,’ उनले भनिन्, ‘मलाई बाँच्ने आशा छ, सबैको सहयोग पाए बाँच्ने थिएँ।’

यसैबीच, जननायक बिपी कोइरालाको ३७ औं स्मृति दिवस साताव्यापी कार्यक्रम गरी मनाइने भएको छ। स्मृति दिवसका अवसरमा नेपाल विद्यार्थी संघले शनिबार विचार गोष्ठी, ३ नम्बर क्षेत्रीय समितिले आइतबार हेटौंडा अस्पतालका बिरामीलाई फलफूल वितरण, बिपी विचार समाजले सोमबार बिपी बाटिकामा वृक्षरोपण, कांग्रेस मकवानपुर र बिपी फाउन्डेसन काठमाडौंले विचार गोष्ठी र नेपाल तरुण दलले मंगलबार बुद्धचोकमा रक्तदान कार्यक्रम गर्ने मकवानपुर कांग्रेसले निर्णय गरेको छ।

प्रकाशित: ३ श्रावण २०७६ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App