१९ असार २०७७ शुक्रबार
समाज

इन्जिनियर दिवस मनाइने

काठमाडौं– नेपाल इन्जिनियर्स एसोसियसनले इन्जिनियर दिवसको अवसर पारेर साउन ३ र ४ गते काठमाडौंमा विभिन्न कार्यक्रम गर्ने भएको छ।

नेपाल इन्जिनियर्स एसोसियसन अध्यक्ष त्रिरत्न बज्राचार्यले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ५७ औं इन्जिनियर दिवस भव्यताका साथ मनाउने तयारी गरिएको जानकारी दिए।

कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने उनको भनाइ छ। कार्यक्रमबाट मुलुकलाई समृद्ध बनाउने सरकारको अभियानमा साथ दिने गरी आवश्यक योजना तय गर्ने पनि उनले बताए।

कार्यक्रममा उत्कृष्ट कार्य सम्पादन गरेका विभिन्न ६ विधाका इन्जिनियरहरूलाई सम्मान गरिने एसोसियसनले जनाएको छ। नेपालमा हाल करिब ५२ हजार इन्जिनियर रहेको सरकारी तथ्यांक छ।

 

प्रकाशित: २ श्रावण २०७६ १५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App