coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दोब्बरले बढ्यो जबर्जस्ती करणी

सोलुखुम्बु – सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन्।

त्यसमध्ये १३ वटा घटनाको किनारा लागिसकेको छ भने तीनवटा घटना प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनामध्ये एउटा घटना जबर्जस्ती करणी उद्योगमा दर्ता भएका छन् भने अन्य घटना जबर्जस्ती करणीमै दर्ता भएको प्रहरी जनाएको छ। करणीमा संलग्न पुरुष कानुनी दायरामा रहेका छन्।

आव २०७४÷७५ मा सातवटा जबर्जस्ती करणीको घटना भएका थिए भने आव २०७३÷७४ मा चार र आव २०७२÷७३ मा पाँचवटा जबर्जस्ती करणीको घटना भएका थिए। आव २०७४÷७५ का सातमध्ये एउटा घटना बालिका जबरजस्ती करणीमा परेको तथ्यांक छ भने पछिल्लो तथ्यांक अनुसार ६ बालिका जबर्जस्ती करणीको सिकार बनेका छन्। गएको भदौमा नौ वर्षीय बालिका बलात्कृत भएकी थिइन् भने सोही महिना १४ वर्षीय बालिकामाथि बलात्कार भएको थियो। असोजमा नौ वर्षीय, कात्तिकमा १० वर्षीय र यही असारको दोस्रो हप्ता १३ वर्षीय बालिका सल्लेरी आसपासको स्थानमा जबरजस्ती करणीमा परेका थिए।

जबरजस्ती करणीमा अधबैंसे महिलासमेत परेका छन्।प्रहरीका अनुसार सहमतिमै यौन क्रियाकलाप हुने तर सम्बन्धमा खटपट आएपछि जबर्जस्ती करणीको आरोप लगाउने प्रवृत्ति मौलाउदै जानुले पनि संख्यामा वृद्धि आएको हो।

प्रकाशित: १ श्रावण २०७६ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App