८ वैशाख २०८१ शनिबार
समाज

डुबेर बालिकाको मृत्यु

विराटनगर– मोरङ सुनवर्षी ४ स्थित पैनीमा डुबेर एक बालिकाको मृत्यु भएको छ। एक वेपत्ता भएकी छिन्। मृत्यु हुनेमा इलाम दानावारी —९ का कृष्ण तामाङकी छोरी ८ वर्षीय प्रिति तामाङ छिन्।

यस्तै पथरी शनिश्चरे—६ का राजीव तामाङकी छोरी ११ वर्षीय सृजना तामाङ भने वेपत्ता भएकी छिन्। मोरङको पथरी शनिश्चरेबाट सुनवर्षी ४ सुरतस्थित फुपुको घरमा साइकल चढेर आउँदै गरेका उनीहरू साइकलबाट लडी पैनीमा डुबेको मोरङ प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार  पैनीमा डुबेर दुबै वेपत्ता भएकोमा प्रिति तामाङ भने पैनीले बगाउ“दै गरेको अवस्थामा फेला परेकी थिइन्। पैनीमा वेपत्ता भएकी सृजना तामाङको खोजी भइरहेको मोरङ  प्रहरीका प्रबक्ता राजुकुमार खिउंजुले जानकारी दिए। 

प्रकाशित: ३१ असार २०७६ १५:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App