१५ चैत्र २०८० बिहीबार
समाज

आज भानु जयन्ती, भैरहवामा साहित्यिक पदयात्रा

आदिकवि भानुभक्तकाे सालिकमा माल्यार्पण गरिँदै । तस्बिरः नागरिक

भैरहवा– भानु जयन्तीको अवसरमा भैरहवामा प्रभातफेरी तथा साहित्यिक पदयात्रा गरिएको छ।

सिद्धार्थ साहित्य परिषद् रुपन्देहीको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्त्रीको अवसरमा भैरहवाको देवकोटा चोकबाट बाजागाजा, भानुभक्तको जीवनी र उनका विभिन्न श्लोकहरू वाचन गर्दै नगरको परिक्रमा गरिएको थियो।

पदयात्रापछि भानु माध्यमिक विद्यालयमा भएको भानुको सालिकमा परिषद् अध्यक्ष डिल्ली भट्टराई, सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीलगायतले माल्यार्पण गरेका थिए।

१८७१ मा तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तले सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए।

प्रकाशित: २९ असार २०७६ ०५:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App