७ वैशाख २०८१ शुक्रबार
समाज

खोलाले बगाएर तीन बालिका बेपत्ता

इलाम– तीन दिनयताको अविरल वर्षापछि खोलामा आएको बाढीले इलामको माई नगरपालिकामा ३ बालिकालाई बगाएको छ। स्कुलबाट घर फर्कनेक्रममा माई नगरपालिका १ की १५ वर्षीया सुनिता साउदेन, त्यही वडा र उमेरका अन्य दुई बालिका आकृति लिम्बू र निशा सुनुवारलाई शनिबार बिहान ९ बजेतिर बर्धरे खोलाले बगाएको प्रहरीले जनाएको छ। 

माई नगरपालिका–६ महमाईको गोतामे स्कुलमा शुक्रबार परीक्षा सकेर शनिबार घर फर्केनेक्रममा खोला तर्दा तीनैजना बगेका हुन्। अन्य १ बालक र बालिका हात समातेर खोला तरिसकेपछि निशा, सुनिता र आकृति सँगै हात समातेर तर्न खोज्दैगर्दा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता बालिकाहरूको खोजीका लागि जिल्ला प्रहरी, दानाबारी र महमाईस्थित प्रहरी चौकीको टोलीसहित स्थानीय लागिपरेका छन्। बालिकाहरू महमाईमा डेरा गरी बसेर स्थानीय स्कुलमा पढ्दै थिए। 

इलामकै चुलाचुली गाउँपालिका १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको खोलाले बगाएको अवस्थामा शुक्रबार झापाको कमल गाउँपालिका २, भालुगाउँमा शव फेला परेको थियो । 

प्रकाशित: २८ असार २०७६ १२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App