१६ चैत्र २०८० शुक्रबार
समाज

रुखमा चढेर गुहार मागेका मुखियाको १२ घण्टापछि उद्धार

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दिपुरस्थित कमला नदीको बीच भागमा १२ घण्टादेखि रुख चढेर उद्धारका लागि गुहार गरिरहेका बिद्रु मुखियाको केहि समयअघि उद्धार गरिएको छ। वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त उद्धार टोलीले नाउको सहाराले मुखियाको उद्धार गरेका हुन।

कमलाको बगरमा तरकारी खेती गरेर गुजारा चलाउँदै आएका मुखियाको टहरा बाढीले बगाएपछि उनी रुखमा चढेर ज्यान जोगाएका थिए। तर, बाढीले रुख कतिबेला बगाउने हो चिन्ताले उनी उद्धारका लागि गुहार गर्दै आएका थिए।

हेलिकप्टरबाट उद्धारका लागि थालिएको पहल काठमाडौंमा मौसमका कारण सम्भव नहुँदा उद्धार टोलीबाटै प्रयास थालिएको थियो। करिब दुइ घण्टाको प्रयासपछि मुखियालाई सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।

प्रकाशित: २७ असार २०७६ १२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App