७ वैशाख २०८१ शुक्रबार
समाज

अविरल वर्षापछि भक्तपुरमा त्रास

भक्तपुर– अविरल वर्षापछि भक्तपुरबासीमा त्रास छाएको छ। विशेषगरी  हनुमन्ते खोला आसपासबासीमा चिन्ता छाएको हो। प्रत्येक वर्षको वर्षामा हनुमन्ते आसपासका सयौं घर डुवानमा पर्ने गर्दै आएपछि यो वर्ष पनि खोला आसपासका बासिन्दा डरमा बस्न थालेका छन्।

गएको वर्ष असार २८ गते तीनजनाको मृत्युदेखि सयौं घर डुवानको पीडा खेपेका उनीहरु ‘अगुल्टोले हानेको कुकुर विजुली चम्कँंदा पनि डराउँंछ’ भन्ने नेपाली उखान जस्तै त्रासमा रहेका हुन्। विशेष गरेर हनुमन्ते खोला आसापासको हनुमानचा, लिवाली, हनुमानघाट, भेलुखेल, राममन्दिर, सल्लाघारी, सृजनानगर, राधेराधेलगायतका हनुमन्ते आसपासबासी विशेष गरेर सतर्क रहेका हुन्। 

प्रत्येक वर्ष खोलामा आउने वाढीले अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि क्षेत्र डुवानमा पर्ने गर्दै आएका छन्। हनुमन्ते खोलामा आएको बाढीको खोला छेउछाउका उद्योग, कलकारखाना, अस्पताल, निजी घर, धानखेती आदि डुवानमा पर्दै आएका छन्। 

मध्यपुर थिमिको राधेराधेस्थित सुरेश कवांले विगत वर्षहरुमा जस्तो डुवानमा पर्न नथालेपनि निरन्तरको वर्षाले यस्तै हुने निश्चित भएकोले स्थानीयहरु त्रासमा रहेको बताउँंछन्। यही कारण स्थानीयहरु अस्थायी रुपमा स्थानान्तरणको योजनामा रहेको उनी सुनाउँंछन्। 

गएको वर्ष असार २८ गतेको पहिरो र बाढी तथा डुवानका कारण भक्तपुरमा तीन जनाको मृत्यु, चार जना घाइते, ५० भन्दा वढी घरमा क्षति पुग्नुका साथै पाँंच सय ५० घर परिवार विस्थापित भएका थिए ।

अविलर वर्षाले गतवर्षहरुमा जस्तै हनुमन्ते खोला आसपासका ठाउँंठाउँंका क्षेत्रहरु यसवर्ष पनि डुवानमा पर्न थालेका छन्। खोलामा आएको बाढीले बाराहीस्थान डुवानमा परेको छ। मध्यपुर थिमि र सूर्यविनायक नगरपालिका जोडने (नयां थिमि शंखधर चोकबाट दक्षिणबाराही जाने बाटोको पुल) भासिएर सवारीसाधनको आवतजावत ठप्प भएको छ। 

गतवर्षहरुमा जस्तै यसवर्ष पनि बाढीकै कारण हनुमन्ते खोला नजिकैको हनुमानघाटस्थित श्री बाल सेवक निम्न माध्यमिक विद्यालय, बाहारीस्थानस्थित श्री शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुवानमा पर्न थालेका छन्। डुवानले भीमसेनस्थानस्थित हनुमन्ते खोला नजिकैको सिद्धि स्मृति महिला तथा वालबालिका अस्पताल र सल्लाघारीस्थित डा इमामुरा मेमोरियल अस्पताल पनि डुवानमा पर्न थालेका छन्। 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरका संयोजक नारायणप्रसाद भट्टले शुक्रबार साँंझसम्म त्यस्तो कुनै अप्रिय घटना नभएको बताए। सम्भावित दुर्घटनालाई ध्यानमा राखी उच्च सतर्कता अपनाइएको प्रजिअ भटले जनाए। त्यसका लागि उद्धारकर्मीहरु सतर्क अवस्थामा रहेको उनले जनाए।

गएको वर्ष असार २८ गतेको पहिरो र बाढी तथा डुवानका कारण भक्तपुरमा तीन जनाको मृत्यु, चार जना घाइते, ५० भन्दा वढी घरमा क्षति पुग्नुका साथै पाँंच सय ५० घर परिवार विस्थापित भएका थिए। योसँगै १२ करोड भन्दा बढी धनमालको नक्सानी भएको जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले आँकलन गरेको थियो। 

अविरल वर्षापछि सम्भावित दुर्घटनाबारे सचेत हुँंदै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानहरुमा पुगेर निरीक्षणसमेत गरेको थियो। 
क्याप्सन
डुवानमा परेको भक्तपुरको बाराहीस्थान क्षेत्र ।  

 

प्रकाशित: २७ असार २०७६ १२:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App