coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले घर भत्कियो

ओखलढुंगा – चार दिन देखी निरन्तर परेको झरिका कारण ओखलढुंगाको खिजीफलाटे बजारमा पहिरोले एउटा नयाँ घर पूर्ण रुपमा भत्काएको छ। खिजीदेम्बा गाउँपालिका वडा नं ५ खिजीफलाटे बजारमा रहेको धन बहादुर तामाङ्गको ३ तले ढुगां माटोले बनेको नयाँ घर पहिरोले भत्काएको हो।

शुक्रबार विहान घर पछाडिको भाग बाट आएको पहिरोले तामाङ्गको घर भत्किएको हो। घरमा पूर्ण रुपमा क्षति पुगेको छ। नयाँ घरमा अझै मान्छे नबसेका कारण कुनै मानविय क्षति नभएको ईलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ।

साविक रगनी गाविस वडा नं ८ नस्पुका तामाङ्गले करिब २५ लाख खर्च गरेर घर बनाएका थिए। प्रहरीले भत्केको घर नजिक रहेको अन्य छिमेकीहरुलाई सर्तक गराएको छ। बर्षा निरन्तर भईरहेकाले पहिरोको जोखिम भएको बस्तीका स्थानियलाई सुरक्षित स्थानमा सर्न समेत प्रहरीले स्थानीयलाई आग्रह गरेको छ।

प्रकाशित: २७ असार २०७६ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App