१६ चैत्र २०८० शुक्रबार
समाज

सट्टेबाजहरू चुर्लुम्म डुबे

सर्लाही - जारी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार सम्पन्न भारत र न्युजिल्यान्डबीचको पहिलो सेमिफाइनल खेलमा भारत पक्षबाट सट्टेबाजी गर्नेहरू चुर्लुम्म डुबेका छन्। दुई पटकको विश्वविजेता भारतलाई न्युजिल्यान्डले पराजित गरेपछि भारतको पक्षबाट बाजी राख्नेहरूको चिल्लीबिल्ली भएको हरिवनका एक युवाले बताए। ‘क्रिकेटमा भारत निकै बलियो टिम हो, त्यसैले भारतको पक्षबाट बाजी राख्ने धेरै हुन्छन्,’ ती युवाले भने, ‘भारतले जिते एक तथा अर्को टिमले जिते पाँच गुणासम्म बढी रकमको बाजी राखिएको थियो।’

ती क्रिकेटप्रेमी युवाका अनुसार सर्लाहीका हरिवन, लालबन्दी, नवलपुर, बरहथवा, मलंगवालगायत बजारमा करोडौंको सट्टेबाजी हुने गरेको छ। विशेषगरी सुनचाँदी व्यवसायीहरू यसमा फसेका छन्। ‘भारतले जिते एक लाख लिने र न्युजिल्यान्डले जिते पाँच लाखसम्म दिने गरी सट्टेबाजी राखिएको थियो,’ उनले भने, ‘त्यस्तो बाजी राख्नेमा हरिवन बजारमा मात्र ५० जनाभन्दा बढी थिए।’

प्रतिष्ठित क्रिकेट वा फुटबल प्रतियोागितामा १०÷२० हजार रुपैयाँको त सामान्य युवाले पनि बाजी राख्ने गरेका छन्। व्यापारीहरूले भने लाखौं रुपैयाँको सट्टेबाजी गर्ने गरेका छन्। बुधबारमात्र जिल्लाभरि करोडौं रुपैयाँको सट्टेबाजी भएको जानकारहरू बताउँछन्। अहिलेसम्म विश्वकप क्रिकेटको उपाधि जित्न नसकेको न्युजिल्यान्डले दुईपटक विश्वकपको उपाधि चुमिसकेको भारतलाई १८ रनले पराजित गर्दै स्तब्ध पारेको थियो। हारबाट भारतीय टिम स्तब्धमात्र बनेन उसका सट्टेबाजी समर्र्थहरू चुर्लुम्म डुबेका छन्।

...

प्रकाशित: २७ असार २०७६ ०२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App