coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सहकारी संस्थाबाट १५ लाख चोरी

काठमाडौं– काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबारे थाहा भएको थियो। ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ। चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।रासस

प्रकाशित: २६ असार २०७६ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App