५ वैशाख २०८१ बुधबार
समाज

विप्लव समूहका कर्णाली ब्युरो सदस्य पक्राउ

काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को युवा संगठन भेरी कर्णाली ब्युरो सदस्य शिखर पहाडी 'हिमशिखर' पक्राउ परेका छन्।

पहाडीलाई मंगलबार राति सवा ११ बजे सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ पिपराबाट प्रहरीले पक्राउ गरेको हो।

रेड फोर्स युथ अध्यक्ष समेत रहेका पहाडीलाई गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न सफल भएको हो। पहाडीको सुर्खेतको चौकुने गाउँपालिका–९ मा घर रहेको छ। 

प्रकाशित: २६ असार २०७६ ०८:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App