५ वैशाख २०८१ बुधबार
समाज

तलब नलिने जनप्रतिनिधिको घोषणा

पत्रकार सम्मेलनमा बोल्दै भण्डारी। तस्बिरः नागरिक

बर्दिया– गुलरिया नगरपालिका–७ का वडा सदस्यले नगर सभा  चलिरहेका बेला अहिलेसम्म खाइपाइ आएको तलब नलिने घोषणा गरेका छन्। उनले उक्त प्रस्ताव गुलरिया नगर पालिकाको नगर सभामा पेस गरिसकेका छन्।

वडा सदस्य विनयराज भण्डारीले आफ्नो तलब गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा सहयोग गर्ने बताएका छन्।

गुलरिया–७ का सदस्य  भण्डारीले आफूले पाउँदै आएको तलब नलिने बुधबार आयोेजित पत्रकार सम्मेलनमा तलब  गरिब तथा जेहेन्दार विद्यार्थीको शिक्षामा सहयोग गर्ने बताए।

वडा सदस्य भण्डारीले पाउँदै गरेको तलब लिन नहुने धारणा राख्दै भत्ता विकास र समृद्धिमा खर्च गर्ने दोहो-याए। राजनीति सेवा नभई पेसाको रुपमा रुपान्तरित भएको उल्लेख गर्दै राज्यको ठूलो धन राशि यसैमा खर्च हुँदा जनप्रतिनिधिहरूप्रतिको विश्वास घट्दै गएको बताए।

गुलरिया नगरका जनप्रतिनिधिले यो प्रस्ताव पारित गर्न सकेमा मुलुक भरिका जनप्रतिनिधिहरुलाई सकारात्मक सन्देश जाने उनको भनाइ छ। सदस्यको प्रस्ताव वडाबाट निर्णय गरेर कार्यान्वयन गर्ने वडा अध्यक्ष गीता बस्नेतले बताइन्। ‘सदस्यज्यूको प्रस्ताव वडाबाट निर्णय गरेर कार्यान्वयन गर्छौं,’ उनले भनिन्।

प्रकाशित: २६ असार २०७६ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App