६ वैशाख २०८१ बिहीबार
समाज

ओखलढुंगा बस दुर्घटना अपडेट : तीन जना घाइतेलाई काठमाडौँ ल्याइयो

काँकरभिट्टा - काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा दुर्घटना हुँदा तीनको अवस्था गम्भीर भएपछि थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। ओखलढुंगा प्रहरी कार्यालयका प्रहरी जवान गोकर्ण खड्काले घटनामा परी गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि काठमाडौँ लगिएको बताए।

त्यस्तै घटनामा परी चालकसहित तीन जनाको घटनास्थलमै मृत्यू भएको छ। मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन्।

बिहान करिब ४ बजे मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्। बस सडकबाट करिब २० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्।

 

प्रकाशित: २५ असार २०७६ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App