७ वैशाख २०८१ शुक्रबार
समाज

अख्तियारद्वारा इन्जिनियरसहित तीन कर्मचारी पक्राउ

बारा– पचरौता नगरपालिकाका ईन्जिनियर, नायबसुब्बा र कार्यालय सहयोगी मंगलवार घुस लिइ सकेको अवस्थामा रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पचरौता नगरपरपालिकाका ईन्जिनियर रामप्रकाश सतरा, नायबसुब्बा बद्रीबहादुर थापा र कार्यालय सहयोगी ध्रुव महतोलाई पक्राउ गरेको हो।

नगरपालिका भित्र रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय भवानीपुरको गरिएको कम्पाउण्ड निर्माणको भुक्तानी दिनको लागि टिप्पणीमा सही गर्न सेवाग्रहीबाट इन्जिनियर सतराले १५ हजार घुस लिएका थिए। नायबसुब्बा थापाले महिला सशक्तिकरणको अनुशिक्षण तालिमको भुक्तानी दिन टिप्पणी उठाउन १४ हजार घुस लिएपछि पक्राउ  गरिएको अख्तियार दुरुपयोग आयोगले जनाएको छ।

पक्राउ परेका ईन्जिनियर सतरासँग कुरा मिलाउन कार्यालय सहयोगी महतोले सेवाग्रहीसँग रकम लिएर ईन्जिनियर सतरालाई दिएपछि उनी पनि पक्राउ परेका हुन्।

नायबसुब्बा थापा जिल्ला विकास समिति बाराका अवकाश प्राप्त कर्मचारी हुन्। उनी नगरपालिकाको योजना शाखामा प्रमुख भएर दैनिक ज्यालादारीमा काम गर्दै आएका थिए। 

प्रकाशित: २४ असार २०७६ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App