coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

विप्लवका कार्यकर्ताले लगाए ताला

मुगु– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का कार्यकर्ताहरुले मुगुका स्थानीय सरकारका कार्यालयहरुमा आइतबार राती ताला लगाएका छन्। जिल्लाका छायानाथ रारा नगरपालिका, खत्याड गाँउपालिका र सोरु गाँउपालिकामा गएराती आएका विप्लवका कार्यकर्ताहरुले ताला लगाएका हुन्।

तीनवटा स्थानीय तहमा राती नै ताला लगाए पनि मुगुम कार्मारोङ्ग गाउँपालिका प्रहरी चौकी पुलुसँगै जोडिएकाले भने यहाँ भने ताला लगाउन सकेनन। राती नै ताला लगाएर प्रत्यक कार्यालयको गेटमा प्रेस विज्ञप्तिसमेत टाँस गरिएको छ। राती विप्लवका कार्यकर्ताले ताला लगाए पनि विहानै प्रहरीले तोडेको छ।

सोरु गाउँपालिकामा विप्लवका कार्यकर्ताले गेटमा टाँसेको विज्ञप्ति प्राप्त भएको छ। विज्ञप्तिमा १५ स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारलाई १५ बुँदे आरोप लगाइएको छ।

विज्ञप्तिमा संसदीय व्यवस्थालाई फटाहा, दलाल र विचौलियाको व्यवस्था भएको, स्थानीय तह, प्रदेशमा ब्रम्हलुट मच्चिएको, कर्मचारी भर्नामा आस्थागत र नातागत अनुसार भर्ना गरेको, जनप्रतिनिधि भनेर राज्यको दोहन गर्दै तलब भत्ता दिइएको, बर्ष दिन वित्दा पनि सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको, विकास योजना आवश्यकता भन्दा अनुकलतामा छनौट गरिएको, बर्षभरी चुप लागेर आर्थिक बर्षको अन्त्यमा बजेट सिध्याउन हतारमा काम थालनी र निकासा गरेको, चालु र पुँजीगत बजेटको सार्वजनिक सुनुवाई नगरेको, जनताका छोराछोरीलाई बेरोजगार बनाई कमिसनको लोभमा जनप्रतिनिधि र आसेपासेले नै डोजर चलाएको, गरिब जनतालाई करको भारी बोकाएको भन्दै तालाबन्दी गर्नु परेको उल्लेख छ।

संयुक्त क्रान्तिकारी जनपरिषद्, नेपाल जिल्ला कार्यसमिति मुगुका नाममा टाँस गरिएको विज्ञप्तिको अन्त्यमा उल्लेखित समस्याहरुको समाधान नगरी ताला खोली कार्यालय सञ्चालन गरेमा स्थानीय तहमा हुन जाने क्षतिको जिम्मेवार स्थानीय सरकार नै हुनुपर्ने भनी घुमाउरो तरिकाले धम्की दिइएको छ।

विप्लवका कार्यकर्ताले सबै स्थानीय तहमा ताला लगाएको बताए पनि जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले सोरु गाउँपालिका परिसरमा विज्ञप्तिको पर्चा भेटिएको, छायानाथ रारा नगरपालिकामा ताला लगाए पनि विहान प्रहरीले खोलेको र टाँस गरिएको विज्ञप्तिको ब्यहोरा सोरुकाजस्तै रहेको र खत्याड गाउँपालिकामा सम्पर्क हुन नसकेको र प्रहरी गाउँपालिकातर्फ गएको बताए।

प्रकाशित: २३ असार २०७६ १०:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App