८ वैशाख २०८१ शनिबार
समाज

पोल्याण्डका नागरिक पाेखरामा पक्राउ

पोखरा – पोल्याण्डका नागरिक पाेखरामा पक्राउ परेका छन्। अवैध बाटाे भएर नेपाल प्रवेश गरी पछिल्लाे केही समयदेखि प्रयाटकीय क्षेत्रमा पाेखरमा लागुऔषध प्रयोग गरी होहल्ला गर्दै आएका पोल्याण्डका नागरिक राकोल मार्किनलाई पर्यटक प्रहरीले पक्राउ गरेकाे छ। प्रहरीले मार्किनलाइ कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइडबाट आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले लेकसाइड, खहरे, पृथ्वीचोकसहितका क्षेत्रमा लागुऔषध सेवन गरी उछ्रिङखल गतिविधि गर्ने गरेका छन्।उनलाई आवश्यक कारवाहीका लागि अध्ययागनम कार्याालय पोखरामा बुझाइएको छ । भारतबाट नेपालमा अवैध बाटाे भएर प्रवेश गरेका उनको साथमा पासपाेर्ट तथा भिसा लगायतकाे परिचय खुल्ने कागजात नरहेकाे प्रहरीले जनाएको छ ।

प्रकाशित: २३ असार २०७६ ०७:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App