७ वैशाख २०८१ शुक्रबार
समाज

दश किलो चाँदीसहित एक पक्राउ

मकवानपुर– करिब तीन लाख ८५ हजार रुपैयाँको अबैध चाँदीसहित पर्साको बहुदरमाई गाउँपालिका ५ का १९ बर्षीय प्रकाश शाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बीरगञ्जबाट काठमाडौं जाँदै गरेका उनलाई ना ३८ प ६४७ नम्बरको मोटरसाइकलको तेल ट्याङ्कीमुनी कालो ह्याण्ड ब्यागमा भन्सार छली गरेको १० किलो चाँदीसहित शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले बताए। 

हेटौंडा–काठमाडौं सडक अन्तर्गत भीमफेदी गाउँपालिका २, भैंसेचोकको चेकपोष्टमा पक्राउ परेका उनलाई राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जनाएको छ।

यस्तै, लागुऔषध नाईट्रोभेट ३१ ट्याब्लेटसहित हेटौंडा उपमहानगरपालिका १४ मयुरधापका ४० बर्षीय पासाङ बल पक्राउ परेका छन्। मादकपदार्थ सेवनगरी गाउँमा हल्ला गरिरहेको अवस्थामा जाँच गर्दा उनलाई प्रहरी गस्ती टोलीले नाइट्रोभेटसहित शुक्रबार राती पक्राउ गरेको थियो। उनलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ बर्षदेखि १० बर्षसम्म कैद र १ लाखदेखि २० लाख रुपैंयासम्म जरिवाना हुने प्रहरीले जनाएको छ।

करेन्ट लागेर एकको मृत्यु 

हेटौंडा औद्योगिक क्षेत्रमा रहेको इनभरो प्लाष्टिक नेपाल प्रालि उद्योगमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। कामको सिलसिलामा करेन्ट लागेर चितवनको कालिका नगरपालिका, जुटपानीका ३६ बर्षिय पञ्च कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी मुकेशकुमार सिंहले बताए।

आइतबार बिहान करिब १० बजे करेन्ट लागेको उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको बिषयमा थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

अबैध काठ बोकेको सवारी चालक प्रहरी देखेर फरार

त्यस्तै, हेटौंडा उपमहानगरपालिका १३ आलदमार पान्तलेबाट अबैध काठ लिएर हेटौंडाबजार आउँदै गरेको पिकअप चालक प्रहरी गस्ती देखेर भागेका छन्। १६ क्युफुट सालको चिरेको फण्टा बोकेको बा २ च ८२८० नम्बरको पिकअपका चालक फरार भएका हुन्। गाडी र काठ नियन्त्रणमा लिई पर्सा वन्यजन्तु आरक्षको कार्यालय आधाभार, बारा पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २२ असार २०७६ १२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App