coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गाँजासहित भारतीय नागरिक पक्राउ

लहान – सिरहा प्रहरीले लागुऔषध गाँजासहित सिरहा नगरपालिका– १७, माड्रबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत मधुवनी जिल्ला निवासी २८ वर्षीय शत्रुधनकुमार सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता अपीलराज बोहराले जानकारी दिए।

सीमावर्ती माड्रमा बिआर ०१ बिएक्स नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्दा पाँच किलो चार सय ५० ग्राम लागुऔषध गाँजा बरामद भएको उनको भनाइ छ। सिंह गाँजा लिएर भारततर्फ जान लागेको प्रहरीले जनाएको छ।
 

प्रकाशित: २१ असार २०७६ ०५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App