१६ चैत्र २०८० शुक्रबार
समाज

पाँच महिनादेखि बालक सम्पर्कविहीन

घरधनी आमासँग सुरेश शाही ।

सुर्खेतः तिला गाउँपालिका–४, जुम्ला साँपुल्ली गाउँका १२ वर्षीय बालक सुरेश शाही पाँच महिनादेखि काठमाडौँ मण्डिकाटारबाट सम्पर्कविहीन छन्। उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुराको अत्तोपत्तो नहुँदा सुरेशका आमा राज्यलक्ष्मी र बुबा गोरबहादुर अहिले चिन्तित छन्।

दुई वर्षअघि बूढानीलकण्ठ नगरपालिका–९, मण्डिकाटार काठमाडौँका बलराम विष्टले छोरा समान रेखदेख र पठनपाठन गर्ने भनेर सुरेशलाई लिएर गएको बुबा गोरबहादुरले बताए।  तर, ०७५ फागुन २३ गतेदेखि विष्टकै घरबाट उनी हराएका छन्। छोराको खोजी गरिदिन उनले सरोकारवाला सबैसँग आग्रह गरेका छन्।

बाँसबारी मावि काठमाडौंमा अध्ययनरत उनी अहिलेसम्म नभेटिएकाले सम्पर्कविहीन भएकै दिनमा महानगरीय प्रहरी वृत्त काठमाडौँमा खोजतलासका लागि हुलियासहितको निवेदन दिएको घरधनी बलराम विष्टले जानकारी दिए। २०७३ साल चैत ७ गते आफूले पढाइदिने भनेर बालक सुरेशलाई लगेको उनले बताए।

‘घरको जिम्मेवारी दिएर बसालेका थियौं तर पाँच हजार र आफ्ना लुगा लिएर ऊ बाहिरिएको छ। कहाँ, कता र किन गयो भन्ने कारण बुझ्न सकिएको छैन,’ उनले भने। बाल अधिकारका क्षेत्रमा कार्यरत प्रदीप श्रेष्ठसमेत बालक शाहीको खोजीमा अनवरत लागिपरेको उनको भनाइ छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौंका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले बालकको खोजतलासका लागि प्रहरीको विभिन्न एकाइमा फोटो पठाइएको र खोजी कार्य जारी रहेको बताए। रासस

प्रकाशित: १९ असार २०७६ १०:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App