८ वैशाख २०८१ शनिबार
समाज

भारतमा प्रहरीको छोराद्धारा नै नेपाली किशोरीको बलात्कार

नयाँदिल्ली - भारतमा एक नेपाली किशोरी बलात्कारको शिकार भएकी छन्। नयाँदिल्लीमा १४ वर्षीया नेपाली किशोरीलाईभारतीय प्रहरीका छोराले बलात्कार गरेको माइती इन्डियाले जनाएको छ।

डोटी साहिल गाविस वडा नं.४ स्थायी घर भएकी नाम परिवर्तित श्यामबहादुर नेपालीकी छोरी आपूmले कामगर्ने मालिकको छोराले बलत्कार गरेका थिए। दिल्ली पुलिसमा कार्यरत दलविर सिंहका ३३ वर्षीय छोरा पंकज सिंहले गत जुन ३० मा बलात्कार गरेका थिए। सिंह विवाहित रहेको र २ छोराछोरी पनि रहेका छन् ।

उनी बलात्कृत भएको सूचनाको आधारमा नेपाली जनसम्पर्क समिति र माइती इण्डियाको संयुक्त टोलीले मेहरौली थानामा पुगी उजुरी दर्ता गराएका थिए। त्यसपछि किशोरीको मेडिकल जाँच गर्दा बलात्कार गरेको प्रमाणित भएको माइती इन्डियाकी सीता अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल पक्राउ परेका पंकजविरुद्ध अदालतमा पहिलो चरणको बयान भइसकेको जनाइएको छ ।

 

 

प्रकाशित: १९ असार २०७६ ०७:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App