७ वैशाख २०८१ शुक्रबार
समाज

जबरजस्ती करणी आरोपमा फरार पक्राउ

उदयपुर– जबरजस्ती करणी गरेको आरोपमा दोषी सावित भई झण्डै ३ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्। जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परी अदालतले सजाय सुनाए पनि फरार त्रियुगा नगरपालिका १० बोक्सेका २७वर्षीय महेश शाही बुधबार बिहान ११ः०० बजे पक्राउ परेका हुन्।

खोटाङमा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका शाहीलाई जिल्ला अदालत खोटाङले अपराधी करार गर्दै ३ वर्ष कैदको फैसला गरेको थियो। कैद सजायको फैसला सुनाइए पनि भाग्न सफल शाहीलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

जिल्ला अदालत उदयपुरका तहसिलदार कुलबहादुर खत्रीका अनुसार अदालतलले फैसला सुनाउनुअघि ९ दिन हिरासत बसिसकेको हुनाले उनलाई अब २ वर्ष ११ महिना २१ दिन कैद सजाय भोग्न बाँकी छ। प्रहरीले बुझाएलगत्तै अदालतले शाहीलाई जिल्ला कारागार पठाइ सकेको खत्रीले बताए।

प्रकाशित: १८ असार २०७६ १२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App