५ वैशाख २०८१ बुधबार
समाज

लागुऔषधसहित दुई पक्राउ

काठमाडौँ- महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ। प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो।    
    
महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी निरीक्षक कुमारविक्रम थापाले चौधरीको साथबाट ५६ एम्पुल डाइजेल्याव, ५८ एम्पुल फेनार्गन, ५५ एम्पुल नुर्फिन र शाहीबाट १०४ ट्याब्लेट नाइट्राभेट बरामद गरेको जानकारी दिए।
    
पक्राउ परेका दुवैलाई कारवाहीका लागि आवश्यक अनुसन्धान भइरहेको वृत्त प्रमुख थापाले बताउनुभयो। रासस    

प्रकाशित: १८ असार २०७६ १०:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App