१५ चैत्र २०८० बिहीबार
समाज

ठमेलमा पर्यटन सूचना केन्द्र

काठमाडौं – ठमेल बजारमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’ स्थापना गरिएको छ। पर्यटन बोर्ड र नेपाल पर्यटक प्रहरी इकाइको संयुक्त लगानीमा काठमाडौंको ठमेल बजारमा सूचना केन्द्र स्थापना गरिएको हो।

पर्यटकहरूको सेवा र सुविधालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ सेवा केन्द्र स्थापना गरिएको हो। सो सेवा केन्द्रमा पर्यटकहरूलाई सूचना दिने गरी हटलाइन सेवा र अनलाइन सेवाको पनि बुधबार उद्घाटन गरिएको छ। कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले पर्यटन सेवालाई यी प्रविधिले सहज बनाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक सैलेश थापा क्षेत्रीले प्रविधिको प्रयोगबाट बजारको सुरक्षा गर्नका लागि आवश्यक सूचना केन्द्रहरूको स्थापना गर्ने कामलाई प्राथमिकता दिइएको बताए। उनले समुदायलाई आफ्नो क्षेत्रको सुरक्षाका लागि आवश्यक सचेतना अपनाउन पनि आग्रह गरे।

सूचना केन्द्रमा पर्यटकहरूका लागि आवश्यक सूचना निःशुल्क रुपमा ११४४ नम्बरको हटलाइनबाट लिन सकिने व्यवस्था पनि गरिएको पर्यटन विभागले जनाएको छ।

प्रकाशित: १८ असार २०७६ ०७:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App